आज:  | Fri, 22, Mar, 2024

हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ? नायिका करिष्मा मानन्धर

२०७८, २८ जेष्ठ शुक्रबार २०:१२ मा प्रकाशित ( २ साल अघि) २५८८६ पाठक संख्या

गणेस तिवारी, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सदबहार नायिका करिष्मा मानन्धरले बेलाबेलामा देशको राजनिती अवस्था र समसामयिक बिषयमा आफ्नो सामाजिक संजाल फेसबुकमा बिभिन्न किसिमका स्टाट्सहरु लेख्दै आएकि छन् । उनले केही समय अघि मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु भन्दै लामो स्टाटस लेखेकी छन । ”मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ । गाली खान्छु त्यो पनि थाहा छ । राजनीतिमा अलि सचेत भएको भनेको ४६ सालको आन्दोलन देखि हो। त्यो पनि पल्लो घरको अगाडि साथिलाइ भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटि पिटि मारेका थिये त्यो देखेर । त्यो दाइले पर्खाल चढ्ने निकै कोशिश गर्नु भएको रहेछ । पर्खालमा उम्रेको बनस्पति को डोब त्यो बाटो हिडदा एक्छिन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला ।

शान्ति !!

फेरि सुरु भयो जनआन्दोलन । बग्रेल्ती डाडाँ ढाकिने गरि छरपस्ट मृत मानव शरीरहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किन्थयो । तेस पछि त के के हो के के ? दरबार हत्याकाण्ड ।  तेतिबेला सम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्म संस्कृति प्रती सम्मान थियो । पृथ्वीनारायण शाहले भनेको कुरा “चार जात छत्तीस वर्ण ” हिन्दु ,बुद्दिस्ट, मुस्लिम , किरात ,डोम सबैले सबैको सम्मान गर्थे ।पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्यो । हाम्रो देवतालाई ढुङ्गा भन्यो । हामी पंचतत्व पुजँक हौ, प्रकृति पुजँक हौ। “धर्म निरिपेक्ष ” त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो । तर अब नयाँ कुरा सुरु भयो । मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो । २० वर्ष जति भयो । अब हुदा हुदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो । भैरव , काली , शिव , गणेश , किन “गण ” हरु को नाम राख्ने भन्ने कुरा आयो । व्यवस्था परिवर्तन भयो । भयेपछी रोएल नेपाल भनिएकाहरु हटाउ । हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ? जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ तेस्तै हामिलाइ पनि हुन्छ होलानी । अहिलेको अवस्थामा २०११ को जनगणना आनुसार हिन्दुको प्रतिशत ८०% above छ हिन्दु धर्म शास्त्र अनुसार सहनु धर्महो भन्ने मान्यता छ  । तर हेर्नू होला अबको दुइवाटा जनगणना पछि हिन्दुको संख्या ८% हुनेछ । हाम्रो आर्मी दलको नाम ” जिजस ” दल “मेरि” दल हुनेछ । मन्दिरहरु १००० वर्ष पछि पुरातत्त्व बिभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता , कथा काहानीमा खोज्नुपर्ने हुनेछ । नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो। स्वर्ग थियो तर त्याहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो ।  म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए । आशा छ ८०%  हिन्दुहरुलाई यो सब सहन सक्ने शाहास भगवान पशुपति नाथ ले प्रदान गर्नेछन् । ” हर हर माहादेव 🙏

खबर एक्सप्रेस