आज:  | Fri, 29, Mar, 2024

पछिल्लो चौबीस घण्टामा ६७ जना सङ्क्रमितको मृत्यु

२०७८, २८ जेष्ठ शुक्रबार १९:१२ मा प्रकाशित ( २ साल अघि) ६८८३ पाठक संख्या

काठमाडौं, जेठ २८ गते । पछिल्लो चौबीस घण्टामा नेपालमा नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख चार हजार ३९६ पुगेका छन् । सोही समयमा पाँच हजार २२५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २० हजार ८१६ निको भएका छन् । निको हुने दर ८६.२ प्रतिशत पुगेको छ । पछिल्लो चौबीस घण्टामा ६७ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म आठ हजार ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।

खबर एक्सप्रेस