आज:  | Mon, 14, Jun, 2021

नयाँ खोप फिल्मकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता

२०७८, २७ जेष्ठ बिहीबार १९:४० मा प्रकाशित ( ४ दिन अघि) ५२८ पाठक संख्या

नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले भेट गर्दै फिल्मकर्मीलाई खोप उपलब्ध गराइदिन माग राखेका छन् । सो भेटमा नवनियुक्त स्वास्थ्य मन्त्रीले नेपाली चलचित्रकर्मीलाई एकसाता भित्र कोरोना विरुद्धको खोप लगाउने बताएका छन् । गत शुक्रबार चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयमा तीन हजार फिल्मकर्मीलाई कोभिड खोप उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाईएको थियो । तर स्वास्थ्य मन्त्री हेरफेर भएपछि फेरी अध्यक्ष दयाराम दाहालको नेतृत्वमा नवनियुक्त स्वास्थ्य मन्त्रीलाई भेट गर्दै फिल्मकर्मीलाई खोप उपलब्ध गराइदिन पुन माग राखेका थिए ।मन्त्री तामाङले एक साताभित्र आउने नयाँ खोप फिल्मकर्मीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

खबर एक्सप्रेस