आज:  | Thu, 28, Mar, 2024

कोरोनाबाट निको हुने दर ८५.७ प्रतिशत

२०७८, २७ जेष्ठ बिहीबार १९:०७ मा प्रकाशित ( २ साल अघि) १०१६९ पाठक संख्या

काठमाडौं, जेठ २७ गते । नेपालमा कोरोनाका पछिल्लो चौबीस घण्टामा नौ हजार ९०१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८७४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख एक हजार ६८७ पुगेको छ । हाल ७७ हजार ८५८ जनामा भाइरसको सक्रिय सङ्क्रमण रहेको छ । सोही समयमा पाँच हजार २९३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म पाँच लाख १५ हजार ५९१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५.७ प्रतिशत पुगेको छ । पछिल्लो चौबीस घण्टामा ५९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार २३८ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस