आज:  | Sun, 21, Apr, 2024

भारतमा २८ वटा हात्तीको कोरोना परीक्षण

२०७८, २६ जेष्ठ बुधबार २०:०६ मा प्रकाशित ( २ साल अघि) १०६३४ पाठक संख्या

जनावरहरूमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने आशंकामा भारतमा २८ वटा हात्तीको कोरोना परीक्षण गरिएको छ । दक्षिण भारतको तमिलनाडू प्रदेशमा चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको छ । उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । परीक्षणको नतिजा केही दिनमा आउने जनाईएको छ । यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरू बिरामी भएका थिए । –एएनआई

खबर एक्सप्रेस