आज:  | Fri, 19, Apr, 2024

निको हुने दर ८५.२ प्रतिशत

२०७८, २६ जेष्ठ बुधबार १७:४३ मा प्रकाशित ( २ साल अघि) १७७३३ पाठक संख्या

काठमाडौं, जेठ २६ गते । नेपालमा कोरोनाका पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण र चार हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा छ लाख १५ हजार ६५२ जना पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ जना पुगेको छ । चौबीस घण्टामा पाँच हजार ७६८ जना कोरोनामुक्त भएर रघ फर्केका छन् । हालसम्म पाँच लाख १० हजार २९८ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केका छन् । कोरोनाबाट निको हुने दर ८५.२ प्रतिशत पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १७९ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस