आज:  | Mon, 14, Jun, 2021

निबस्स नेपाल स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७८, २५ जेष्ठ मंगलवार २०:१७ मा प्रकाशित ( ६ दिन अघि) ४६८२ पाठक संख्या

बिष्णु प्रसाद आचार्य झापा । कोरोना माहामारीको दोस्रो लहर फैलिएसँगै सरकारले निषेधाज्ञा लगाएको अवस्थामा आज निबस्स नेपाल ( इन्ड्रष्ट्री प्राली ) को नेपालभर रहेका उद्योग वाणिज्य संघ मार्फत फ्रन्ट लाइनमा रहने स्वास्थ्यकर्मीका लागी दुई लाख, सुरक्षा निकाय र सामाजिक अभियन्ताहरूका लागि एक लाख मास्क पहिलो चरणमा वितरण गरिने कार्यक्रम रहेको थियो । 

आज हाम्रो अभियान झापाको सहजिकरण र प्रो वायोटेक इन्ड्रष्ट्रि साविक मेची अञ्चलको आधिकारिक विक्रेता द हेब्बी ट्रेड एन्ड सप्लायर्सको संयोजनमा कम्पनी प्रतिनिधी दिलिप पौडेल आधिकारिक विक्रेता संन्चालक हेमन्त मिश् , विज्ञान राज पौडेल र हाम्रो अभियान झापाका संयोजक नरेस महरा, हाम्रो अभियान झापाका सचिव विष्णु आचार्यको उपस्थितिमा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीका साथ अन्य पधाधिकारीको रोहबरमा चौध सय मास्क वितरण भएकोछ। मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना र अन्य पधारिकारीको उपस्थितिमा चौध सय मास्क वितरण भयो । त्यस्तै  कन्काइ उद्योग वाणिाज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया र अन्य पधाधाकारीको रोहवरमा चौध सय मास्क हस्तान्तरण गरिएको छ ।

साथै दमक उद्योग वाणिज्य संघ र अन्य फ्रन्ट लाईनका ब्यक्तिहरूका लागि आजै झापामा नौँ हजार पिस मास्क वितरण गरिएको छ । 

बीस हजार मास्क र आवश्यक स्वास्थ सामाग्रीहरू इलाम,झापा, पाँचथर र ताप्लेजुङमा वितरण गर्ने कम्पनी प्रतिनिधी दिलिप पौडेलले जानकारी दिनुभयो ।

खबर एक्सप्रेस