आज:  | Sun, 26, Sep, 2021

सिईडिबि हाईड्रोपावरको आइपिओ नेप्सेमा सूचीकृत

२०७८, २५ जेष्ठ मंगलवार १८:०६ मा प्रकाशित ( ३ महिना अघि) ३१०१ पाठक संख्या

गणेस तिवारी, काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडसिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रति शेयर अंकित मुल्य रु. १०० को ८३ लाख ९४ हजार १०० कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण गरिएको छ। आज जेष्ठ २५ गते सम्पन्न सम्झौता अनुरुप कम्पनीको २५ लाख १८ हजार २३० कित्ता सर्वसाधारणलाई वितरण गरिएको र ५८ लाख ७५ हजार ८७० कित्ता संस्थापकहरुले लगानी गरेको शेयर धितोपत्र विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकृत भएको हो।  सिईडिबि हाईड्रोपावरले मिति २०७८ साल बैशाख १७ गते प्रति शेयर अंकित मुल्य रु।१०० को २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेड रहेको छ।

खबर एक्सप्रेस