आज:  | Thu, 28, Mar, 2024

कोरोना संक्रमित निको हुने दर बढेर ८४.७ प्रतिशत

२०७८, २५ जेष्ठ मंगलवार १७:५४ मा प्रकाशित ( २ साल अघि) ७२२४ पाठक संख्या

नेपालमा पछिल्लो २४ घण्टामा १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित गरी ५ हजार १५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ । अब सक्रिय संक्रमितको संख्या भने ८२ हजार ७३६ पुगेको छ । यही अवधिमा थप ६ हजार ५७० जना निको भएर घर फर्केका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना निको भएर घर फर्केका छन् । नेपालमा निको हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ । कोरोनाबाट थप १०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

 

खबर एक्सप्रेस