आज:  | Mon, 14, Jun, 2021

असार १ देखि कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने

२०७८, २५ जेष्ठ मंगलवार १५:०२ मा प्रकाशित ( ६ दिन अघि) ६८३ पाठक संख्या

गणेस तिवारी, काठमाडौँ, जेठ २५ गते । चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुँदैछ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा १२ बाहेक अन्य सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक छपाइ कार्यसमेत पूरा गरिएको छ ।
विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी नीतिअनुसार यस पटक चारवटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । अब असार १ देखि नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसारको पुस्तक अध्ययन गर्न पाउनेछन् । सरकारले यस वर्षको शैक्षिक सत्र असार १ बाट प्रारम्भ गर्ने निर्णय गरिसकेको छ । यसपछि २०७९ सालको शैक्षिक सत्रमा तीनवटा कक्षाको पाठ्यक्रम परिवर्तन गरिनेछ । सोअनुसार कक्षा ४, ७ र ९ कक्षाको पाठ्यक्रम परिमार्जन गर्ने सरकारी तयारी छ । त्यसैगरी २०८०सालको शैक्षिक सत्रमा कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गरिने जानकारी प्रवक्ता भट्टराईले दिनुभयो । २०८०सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू भइसक्ने जनाइएको छ।

 

खबर एक्सप्रेस