आज:  | Mon, 14, Jun, 2021

राउटे युवतीमाथी दुर्व्यवहारका दोषीलाई हदैसम्म कारवाही होस् : कुन्ति शाही

२०७८, २५ जेष्ठ मंगलवार १४:३९ मा प्रकाशित ( ६ दिन अघि) ११५०२ पाठक संख्या

गणेस तिवारी, काठमाडौँ, जेठ २५ गते । कर्णाली प्रदेशको सुर्खेत स्थित गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का केही ब्यतिले स्थानीय राउटे समुदायका युवतीहरूलाई मदिरा सेवन गराई यौन दुर्व्यवहार गरिएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्ती मार्फत जनाएको छ ।  संघकी अध्यक्ष कुन्ती कुमारी शाहीले मंगलबार  विज्ञप्ति जारी गर्दै घटनाका कारण युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने भएकोले उनीहरुको जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष शाहीले आफनो सामाजिक संजालमा लेख्दै  ”जनजातिप्रतिष्ठानका उपाध्यक्ष चन्द्र गुरुड दाई र म २बर्ष अगाडि राउटे बस्तिमा लुगा लगायत अन्य आवस्यक सहयोग लगेर दैलेखमा यि कलिला नानी जुन राम्रो संग नेपालि बोल्न नजान्ने लज्जालु स्वभाव कि बाहिरी संसारको केही बिषयमा जानकारी नभएका अबोध यि बैनीहरुको सामाजिक संजालमा अस्लिल भिडियो प्रकासित भयको छ ति दानबरुपी व्यक्ति लाई कुनै बहानामा छुट्कारा नपाउन ति पापीहरु लाई फासीको सजाय भनौ भने नेपालको कानुनमा छैन आजिवन जन्म कैद भनौ भने कानुन ले दिदैन यस्ता व्यक्तिलाई जति सजाय दिय पनि कम हुन्छयस्ता व्यक्ति लाई सामाजिक बहिस्कार गरौ किन बाचेछु भन्ने होस सबै मिलेर यो वातावरण बनाउ । राउटेहरुको आफ्नै कानुन हुन्छ यि बैनी हरुको जिवनरक्षाको लागि सरकारले तुरुन्त काम गरोस र सामाजिक संजालमा भयको भिडियो पनि तुरुन्त हटाउन लगायोस । केही व्यक्तिहरुले आफ्नो फाईदाको लागि राउटे संकृतिहरु लाई सानो सानो लोभलालचमा देखाई आफ्नो व्यक्तिगत फाईदा उठाऊने व्यक्तिलाई राउटे बस्तिमा जान रोक लगाओस र राउटेहरुको सम्पूर्ण सुरक्षा गाँस,बास,कपासको तुरुन्त सरकारले ब्यबस्था गरोस । नव अधिकारको रक्षा गरौ महिलाको अस्मितामाथि खेलबाड गर्ने यस्ता दानव पापीहरु लाई कुनै पनि बहानामा छुट्कारा नदियोस हदै सम्मको कार्बाहिको माग गर्दछु” भन्दै लेख्नु भएको छ ।

खबर एक्सप्रेस