आज:  | Fri, 19, Apr, 2024

सुर्खेतको राउटेबस्ती सिल: २२ प्रहरी खटाइयो

२०७८, २४ जेष्ठ सोमबार १६:०८ मा प्रकाशित ( २ साल अघि) २५१७३ पाठक संख्या

सुर्खेतमा राउटे महिला माथि भएको यौन दुर्व्यवहारको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती सिल गर्ने निर्णय गरेको छ। राउटे बस्तीमा असुरक्षा बढेको भन्दै बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असुरक्षा बढेपछि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तिमगरले कुनै पनि व्यक्तिलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको बताउनु भएको छ । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्। राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो । बस्तीमा अन्य समुदायका मानिसले घटनाबारे जानकारी पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ।

खबर एक्सप्रेस