आज:  | Fri, 19, Apr, 2024

अभिनेता भुवन केसी.को चर्चा

२०७८, २४ जेष्ठ सोमबार १४:५७ मा प्रकाशित ( २ साल अघि) २४९२५ पाठक संख्या

नेपाली चलचित्र क्षेत्रका सदाबहार अभिनेता भूवन केसी । उनी बिभिन्न कारणले चर्चामा रहने गर्छन । लामो समय नेपाली चलचित्रमा फरक किसिमको राज गर्न सफल अभिनेता हुन भुवन । उनले नेपाली चलचित्र ईतिहासमा सबैभन्दा धेरै हिट फिल्म दिने अभिनेता समेत हुन । पछिल्लो समय भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । यहि लगतै उनले आफ्नो सामाजिक संजालमा केही तस्बिर सार्वजनिक गदै आएका थिए । उनले पछिल्लो समय सार्वजनिक गरेको तस्बिर आम दर्शकले निकै रुचाएका छन् । बलिउड कलाकारसँग दाजेर प्रतिक्रिया दिईरहेका छन् ।

अभिनेता भूवन केसीको होम प्रोडक्शनको बाट २ वटा चलचित्र निर्माणको घोषणा भएको छ । अर्को चलचित्र ‘माइतीघर २’मा पनि भुवन आफूले काम गर्न लागेको बताएका छन् । यो चलचित्रलाई निर्देशक सुवोध चोपडाले निर्देशन गर्ने गरी तय भएकोमा उनी कोरोना संक्रमणका कारण निधन भैसकेको छ । भूवनले सामाजिक संजालमा नयाँ गेटअपसहितको फोटो पोष्ट गरेको तस्बिरले अहिले बजार तातेको छ ।

खबर एक्सप्रेस