आज:  | Sat, 27, Nov, 2021

लिचिको शहरले सयौ बच्चाको ज्यान लिने गर्छ….

२०७८, २४ जेष्ठ सोमबार ०७:४१ मा प्रकाशित ( ५ महिना अघि) ५२०९ पाठक संख्या

बच्चाको ज्यान लिने संदिग्ध विमारीको कारकतत्व लीचिको शहरको नामले चिनिने मुज्जफरपुर शहर बिगतको बर्षमा आफ्नो कलिलो उमेरको सयौ बच्चा गुमायो ….

भारतको बिहारस्थित मुजफ्फरपुरमा बितेको दशकमा सयौं बच्चाको ज्यान लिने संदिग्ध विमारीको कारकतत्व लिची भएको पत्ता लागेको छ । स्थानीय मानिसहरुबीच चमकी नामले चिनिएको यो रोगले हरेक वर्षको मे-जुन माहमा शिर उठाउँछ र कयौं बच्चाहरुको ज्यान लिन्छ । 

सन् २०१४ मा ३९० जना बालबालिका यो रोगको चपेटामा परेका थिए र उनीहरुलाई दुईवटा अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुमध्ये दुई जनाको ज्यान गएको थियो । भारत र अमेरिकाका वैज्ञानिकको संयुक्त प्रयासबाट पत्ता लागेको छ कि खाली पेटमा लिच्चीखाँदा नै यो रोगले आक्रमण गरेको रहेछ । करिब तीन वर्ष चलेको अनुसन्धानको नतिजा विज्ञान पत्रिका लेन्सेट ग्लोबलमा छापिएको छ ।

वैज्ञानिकहरुका अनुसार लिच्चीमा हाइपोग्लिसिन ए र मिथाइलेन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व हुन्छ ।अस्पतालमा भर्ती भएका बढि बच्चाहरुको रगत र पिसाबको जाँचबाट उनीहरुमा यो तत्व पाइएको थियो । उनीहरुमध्ये बढिजसो बच्चाहरुले रातिको खाना खाएका थिएनन् र बिहान अत्यधिक मात्रामा लिच्ची खाएका थिए । यस्तो अवस्थामा यस तत्वको असर बढि घातक हुने बताइएको छ ।डाक्टरहरुले बालबालिकालाई सीमित मात्रामा लिच्ची खान र त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन् ।

मुजफ्फरपुरका इलाकामा लिच्ची बेस्सरी फल्छ र यहाँबाट विश्वभरीका बजारमा लिच्ची आपूर्ति गरिन्छ । रोगको चपेटामा परेका बालबालिकाका बाबुआमाका अनुसार लिच्ची फल्ने सिजनमा उनीहरुका छोराछोरी दिनभरी लिच्चीको बगैंचामा समय बिताउने गर्छन् । यो दौरानमा उनीहरु आफ्नो सामान्य खानपान पनि बिर्सिन्छन् ।

 धीरेन्द्र कुमार साह – अभियन्ता

खबर एक्सप्रेस