आज:  | Fri, 29, Mar, 2024

नेप्से नयाँ नयाँ रेकर्ड राख्दै

२०७८, २३ जेष्ठ आईतवार १८:१० मा प्रकाशित ( २ साल अघि) १३७६५ पाठक संख्या

काठमाडौं, २३ जेठ । नेपालमा लकडाउन भएसँगै ब्यापार ब्यबसाय धरापमा छ । तर यता शेयर बजार बजे दिनानुदिन एकपछि अर्को नयाँ नयाँ रेकर्ड राख्दै अगाडी लम्केको छ । साताको पहिलो दिन आज नेप्से ५० अंकले बढेको छ । आइतबार आज नेप्से ५०।१३ अंकले बढेर २९ सय ६ दशमलव ८९ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७.८८ प्रतिशतले बढेर ५२० दशमलव ९९ विन्दुमा थामिएको छ ।
नेप्से परिसूचक अनुसार आज २१८ कम्पनीको १ लाख ७१ हजार ६० पटक कारोबार भएर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर खरिद बिक्री भएको छ ।

खबर एक्सप्रेस