आज:  | Fri, 06, Aug, 2021

कोरोना संक्रमण दर घट्दो

२०७८, २३ जेष्ठ आईतवार १७:०० मा प्रकाशित ( २ महिना अघि) २४१९ पाठक संख्या

काठमाडौँ — २४ घण्टामा १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ पुगेको छ । क्वारेन्टाइनमा २२२ जना छन् । सोही समयमा थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ

खबर एक्सप्रेस