आज:  | Mon, 14, Jun, 2021

२०२१को SATअभियान सम्पन्नसँगै २०२२को जिम्मेवारी भारतका अभियन्ता वस्नेतलाई

२०७८, २२ जेष्ठ शनिबार १५:०६ मा प्रकाशित ( १ हफ्ता अघि) ४०९३ पाठक संख्या

सुमन बस्नेत, पश्चिम बंगाल । “नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना” विश्व वातावरण दिवसको अवसरमा आयोजीत बृक्षारोपण महाअभियानमा म सहभागित भै वृक्षारोपण गर्दैछु । तपाईहरु नी ? भन्ने अभियान भारतका बिभिन्न राज्यमा सम्पन्न भएको छ । आफ्नो घर आँगन,सार्वजनिक स्थल, सामुदायिक बनमा वा आफूलाई पाएक पर्ने ठाउँमा वृक्षारोपण गरेर महाप्रकृतिलाई बचाउने अभियानमा योगदान दिन यो कार्यक्रम आयोजना गरिएको थियो ।
“रुख रोपौं वातावरण संरक्षण गरौं,महा प्रकृतिलाई बचाऔं” भन्ने नाराका साथ आज बिश्व वातावरण दिवसको अवसरमा SAT South Asian Team को बिशेष पहल र कालेबुङ सेवा फाउन्डेसनको सौजन्यमा कालेबुङ्का बिभिन्न क्षेत्रहरु लगायत सिलिगुडी, जलपाइगुडी, कोचबिहार, खर्साङ, गुजरात, हैदराबाद, कोलकाता, लखनउ, मणीपुर, सिक्किम, गुवाहाटी, उतराखण्ड आदि स्थानमा बृक्षारोपण अभियान सप्पन्न गरियो । उक्त अभियान लाई सट २०२१ का संयोजक नेपाल स्थित अभियन्ता चक्र बहादुर चन्द र भारतमा कालेबुङ सेवा फाउन्डेसनका संस्थापक सदस्य शिरोमणि शर्मा र सुमन बस्नेतले संयोजन गरेका थिए । स्मरण गराइन्छ SAT द्वारा भारत लगायत भुटान, नेपाल, बाङ्लादेश, म्यानमार आदि दक्षिण एशियाली मुलुकहरूका विभिन्न स्थानमा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण अभियान गरिएको समाचार प्राप्त भएको छ । यो अभियान अर्को २०२२ वर्षलाई भारत स्थित अभियन्ता सुमन बस्नेतले संयोजकको जिम्मेवारी लिने छन् । यो अभियानलाई नेपालमा भने मेचीमहाकाली अभियानले संचालन तथा आतिथ्यता गरेको थियो ।

भारतका बिभिन्न क्षेत्रमा आयोजित कार्यक्रमका तस्बिरहरु

 

 

 

 

 

 

 

 

 

 

खबर एक्सप्रेस