आज:  | Mon, 14, Jun, 2021

३ हजार फिल्मकर्मीलाई खोप लगाउ गरेको अनुरोध के हुने ?

२०७८, २२ जेष्ठ शनिबार १४:१६ मा प्रकाशित ( १ हफ्ता अघि) ६२१ पाठक संख्या

कोरोना महामारीका कारण केहि फिल्मकर्मीको समेत मृत्यु भएको छ । भने धेरै कलाकार तथा प्राविधिकहरु कोरोना संक्रमित भएका छन् । यस सन्दर्भमा सबै कलाकारलाई अनिवार्य खोप लगाउने ब्यबस्था गरिदिन माग गर्दै चलचित्र विकास बोर्डले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको थियो । सो मागमा नेपाली चलचित्र क्षेत्रका तीन हजार जनालाई कोरोना विरुद्धको खोप लगाउन माग गरेको थियो । यो पत्र स्वास्थ्य मन्त्रालयमा बुझाएमा बुझाएसँगै खोपबारे छलफल गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार फिल्मकर्मीलाई मन्त्रालयमा बोलाएका थिए । तर त्रिपाठीको मन्त्रि पद शुक्रबार नै चट भएपछि अब के हुने भन्ने आम जिज्ञासा रहेको छ ।

खबर एक्सप्रेस