आज:  | Tue, 26, Mar, 2024

नेपाल, भारत,बंगलादेश, भुटान र म्यान्मारका बिभिन्न भागमा वृक्षारोपण : सन्दर्भ विश्व वातावरण दिवसको

२०७८, २२ जेष्ठ शनिबार १३:४९ मा प्रकाशित ( २ साल अघि) १६९५८ पाठक संख्या

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आज नेपाल, भारत,बंगलादेश, भुटान र म्यान्मारका बिभिन्न भागहरुमा वृक्षारोपण गरि कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरबाट बिहानै वृक्षारोपण गरी यो अभियानको शुभारम्भ गरिएको थियो ।

आज बाग्मती सफाई महाअभियानकोको ४२१औ हप्ता पुगेको अवसरमा समेत ललितपुरको यूएन पार्कमा वृक्षारोपण गरिएको छ । उक्त कार्यक्रममा नेपाल सरकार बन तथा वातावरण मन्त्रालयका सचिब प्रेम नारायण कडेल, वाग्मती सफाइ महाअभियानका मुख्य अभियन्ता पूर्वमुख्य सचिब लिलामणी पौडयाल, पूर्व सचिब किशोर थापा लगाएतको सहभागीता रहेको थियो । यस कार्यक्रमको लागी बन मन्त्रालयले बिरुवा प्रदान गरेको थियो ।

सोही कार्यक्रममा कलाकार तथा सफल निर्देशक दिपाश्री निरौला चर्चित अभिनेता पल शाहको सहभागीतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।


दक्षिण एशियन टिम नामक स्वयंमसेवी अभियानले २००८ देखी यस किसिमका अन्र्तराष्टिय दिवसलाई स्थानिय संस्थाहरुसँग मिलेर कार्यक्रम गर्दै आएको छ । देश अनुसार बिभिन्न देशले आतिथ्यता गर्ने कार्यक्रमलाई यसपटक नेपालले जिम्मेवारी पाएको थियो । नेपाल देशमा मेचिमहाकाली सफाइ अभियानको संयोजनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशको चार स्थानमा कर्णाली प्रदेशको तिन स्थानमा लुम्बिनी प्रदेशको छ स्थानमा, गण्डकी प्रदेशको पाँच स्थानमा बाग्मती प्रदेशको सात स्थानमा प्रदेश दुईको आठ स्थानमा प्रदेश एकको बाह्र स्थानमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

भारत देशमा दक्षिण एशियन टिमको आयोजना र कालिम्पोड. सेवा फाउण्डेशनको संयूक्त आयोजनामा भारतको सोह्र स्थानमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

साथै सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षारोपण गर्नुभएको छ ।

भने दक्षिण एशियन टिमको आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

म्यान्मार

यस महाअभियानका लागी बिभिन्न कलाकारहरुले आफूले पनि बृक्षारोपण गर्ने र आम नागरिकलाई समेत बृक्षारोपण गर्नका लागी सामाजिक संजालबाट अपील समेत गरेका थिए । उता यूवा अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीमा बृक्षारोपण गरेका छन् ।

यो अभियान दिनभर विविध कार्यक्रम गरी मनाइँदै छ । वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा पुरर्याउनु यसको मुख्य उद्देश्य रहेको छ ।

चक्र बहादुर चन्द दक्षिण एशियन टिम संयोजक २०२१

खबर एक्सप्रेस