आज:  | Mon, 14, Jun, 2021

बुढानिलकण्ठमा प्रवासी नेपाली एकता समाजको सहयोग

२०७८, २१ जेष्ठ शुक्रबार १४:३८ मा प्रकाशित ( १ हफ्ता अघि) २३२६ पाठक संख्या

त्रि ज्योति स्कुलका पुर्व बिद्यार्थी पारस राई लगाएत कोरियामा बस्ने युवाहरुको सहयोगमा बुढानिलकण्ठ वडा नं १० द्धारा संचालित अस्पतालको लागि स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ सामाग्रीलाई पूर्वमन्त्री युवा नेत्री कुन्ती कुमारी शाहीले बुढानिलकण्ठ वडा नं १० का वडा अध्यक्ष नारायण भट्टराईलाई हस्तान्तरण गर्नु भएको छ । स्वास्थ सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, सेनेटाईजर माक्स लगायत स्वास्थ्य सामाग्री तथा ग्रुप १०० का अभियन्ता अंशु यादव लगायतलाई नगद एक लाख २४ हजार हस्तान्तरण गरिएको थियो । पारस राई प्रवासी नेपाली एकता समाज कोरोयाका युवा नेता हुन उनी लगाएत युवाको सहयोगमा सो कार्यक्रम भएको राप्रपाका विदेश विभाग प्रमुख बिजय खड्काले बताउनु भयो ।

खबर एक्सप्रेस