आज:  | Thu, 18, Apr, 2024

बाढीबाट बिस्थापित परिवारलाई मेचीमहाकालीको राहत

२०७८, १९ जेष्ठ बुधबार २३:१० मा प्रकाशित ( २ साल अघि) १५२२२ पाठक संख्या

मेची महाकाली सफाइ अभियानले सुर्खेतको छिन्चु स्थित पाडुले गाउँमा विपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ ।
मेचिमहाकालि सफाइ अभियान सुर्खेतको समूहले राहत बितरण गरेको स्थानिय संयोजक हिक्मत चन्दले बताए । सहयोगीदाताबाट प्राप्त सहयोगबाट सो कार्यक्रम गरेको उनले बताए ।

बि.स. २०७१ सालको साउनमा लेखपराजुलको डुड.गेखोलामा गएको बाढीबाट बिस्थापित भएको परिवारलाई पाडुलेमा राहत बितरण गरिएको हो । कार्यक्रममा युवा अभियन्ता निराजन मल्ल, राजेन्द्र मल्ल, रबीकिरण हमाल, प्रेम बिसी, कुमार रायमाझी र धिरेन चन्दको सहभागीता थियो । चुनाबमा आश्वासन दिने तर नागरिकलाई अहिलेसम्म कुनै किसिमको राहत नदिएको उनीहरुले गुनासो पोखेका छन् । बासस्थान, खानेपानी लगाएत बिबिध समस्या रहेको समेत उनीहरुले बताएका छन् । यो कार्यक्रमबाट आफूहरुलाई केही राहत भएको भन्दै खुशी समेत ब्यत गरेका थिए । कार्यक्रमको संयोजन अभियन्ता हिक्मत चन्दले गरेका थिए ।

 

 

 

खबर एक्सप्रेस