आज:  | Mon, 14, Jun, 2021

किसान हुनुमा गर्व :अभिनेता पुष्प खड्का

२०७८, १९ जेष्ठ बुधबार २१:२३ मा प्रकाशित ( १ हफ्ता अघि) १०८६ पाठक संख्या

गणेस तिवारी, काठमाडौ । अभिनेता पुष्प खड्का यतिबेला आफ्नो गृह जिल्ला कैलालीमा छन् । उनले केही दिन अघि आफ्नो जन्मथलो कैलाली पुगेर खेतिपातीमा रमाएको तस्विर सार्वजनिक गरेका छन् । उनले निषेधाज्ञाको समयमा गृह जिल्ला कैलाली पुगेर खेतिपातिमा रमाउन थालेका छन् । उने आफ्नो सामाजिक संजाल फेसबुकमा फोटो पोस्ट गर्दै लेखेका छन् ‘नेपाल कृषिप्रधान देश हो। मलाई आफू किसान हुनुमा गर्व लाग्छ। भनेका छनु । उनले यूवा पुस्तालाई कृर्षि पेशामा लाग्न सन्देश पनि दिएका छन् ।
उनले अक्सिजनको हाहाकार भएको बेलामा आफ्नो गृहजिल्लाका लागी ५० वटा अक्सिजन सिलिण्डर दिएका थिए । नमातिने नआतिने अभिनेताको पहिचान बनाएका पुष्प म्यूजिक भिडियोमा पनि त्यतिकै ब्यस्त रहदै आएका छन् ।

खबर एक्सप्रेस