आज:  | Tue, 16, Apr, 2024

सेयर बजार ५५.७६ अंकले बृद्धि

२०७८, १९ जेष्ठ बुधबार १८:४३ मा प्रकाशित ( २ साल अघि) ८७७४ पाठक संख्या

शेयर बजार बुधबार ५५.७६ अंकले बृद्धि भएको छ । २.१ प्रतिशतले बढेको बजार २८२७.१२ बिन्दुमा अडिएको छ । कारोबार रकम भने घटेको छ । यस दिन ११ अर्ब ३५ करोड बराबरको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सेयर मूल्य ५ सय ६ रुपैयाँ पुगेको छ । यता राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर २३ हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा नेपाल रि इन्सुरेन्स अगाडी छ । यसको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

खबर एक्सप्रेस