आज:  | Mon, 14, Jun, 2021

नेपाली फुटबल टोली कुवेतमा प्रशिक्षणमा ब्यस्त

२०७८, १८ जेष्ठ मंगलवार १३:५१ मा प्रकाशित ( १ हफ्ता अघि) ७७६ पाठक संख्या

१८ जेठ, काठमाडौं । विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोली प्रशिक्षणमा ब्यस्त रहेका छन् । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेर टोली आइतबार राति कुवेत पुगेको थियो ।
सन् २०२२ मा हुने कतार विश्वकप र २०२३ मा हुने चीनमा हुने एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतमा समूह बीको बाँकी ३ खेल खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

तस्बिर एन्फा

 

 

खबर एक्सप्रेस