आज:  | Mon, 14, Jun, 2021

”दैलेखको लागि अक्सिजन अभियान” ले ७ लाखभन्दा बढीको स्वास्थ्य सामाग्री जिल्ला पठायो

२०७८, १७ जेष्ठ सोमबार २३:३५ मा प्रकाशित ( २ हफ्ता अघि) १०५५ पाठक संख्या

सामाजिक संजालबाट थालनी गरेको ”दैलेखको लागि अक्सिजन अभियान” एक हजार रुपैया  संकलन अभियानबाट ८ लाख २ हजार ९ सय ४५ रुपैयाँ जम्मा गरीएको मुख्य अभियन्ता मिना थापाले जानकारी दिनुभएको छ । स्वास्थ्य सामग्रीलाई समाजसेवी तथा काँग्रेसका नेता जगतजंग थापाले स्वास्थ्य कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीलाई जिल्ला अस्पताल दैलेखका लागि हस्तान्तरण गर्नुभएको थियो । संकलित रकमबाट ७ लाख १५ हजार ९ सय रुपैयाँको स्वास्थ्य सामाग्री खरिद गरिएको थियो ।

स्वास्थ्य सामग्रीहरु अक्सिजन सिलिन्डर ५ थान (१ लाख १० हजार ९ सय), अक्सिजन कन्सन्ट्रेटर मेशिन ५ लिटर १ थान (१ लाख १० हजार), अक्सिजन कन्सन्ट्रेटर मेशिन १० लिटर ३ थान (४ लाख ९५ हजार ) दुल्लु अस्पतालमा १ थान र दैलेख अस्पतालमा २ थान हस्तान्तरण गरिएको छ । बाँकी रहेको रकम ८७ हजार रुपैयाँ तत्काल अन्य आवश्यक स्वास्थ्य सामग्री किन्नेर पठाउने अभियान्ता मिना थापाले बताउनु भयो । जिल्लामा अक्सिजन ग्यास उपलब्ध गराउने उद्देश्यले अभियान्ता मिना थापा लगाएतको अग्रसरतामा सामाजिक संजालबाट आर्थिक संकलन अभियानको थालनी गरिएको थियो। आफ्नो जिल्लाको लागि कोभिडको महामारीका बेला स्वास्थ्य सामग्री जुटाउन पाउदा आफू निकै भाबुक भएको अभियान्ता मिना थापाले बताउनु भयो । सामाग्री स्वास्थ्य समाजसेवी तथा काँग्रेस नेता जगतजंग थापाले जिल्लालाई माया गर्ने सवैमा धन्यवाद दिए ।

खबर एक्सप्रेस