आज:  | Mon, 14, Jun, 2021

कोरोनाको दोश्रो लहरमा कोभिड रेस्पोन्स टिम झापाले गर्‍यो उल्लेखनिय काम

२०७८, १६ जेष्ठ आईतवार १७:३४ मा प्रकाशित ( २ हफ्ता अघि) ४४०३ पाठक संख्या

प्रदेश एक सम्वाददाता ।

दोश्रो लहरको कोरोना शुरु भए देखी कोभिड रेस्पोन्स टिम झापाले विभिन्न स्वयंसेवि काम गर्दै आइरहेको छ! कोरोना सक्रमित भइ निको भएका हरु बाट एण्टिबडि का  लागी “प्लाज्मा” रगत को लागी बैंक संचालन गरि  प्लाज्मा रगत १३ जना भन्दा ज्यादा संकलन गरेको छ ! प्रदेश-१ कै विभिन्न जिल्लाका सन्क्रमित भइ निको हुने सङ कुरा गरि प्लाज्मा दानका लागी तयार पारेको अभियान संयोजक दिपक दास बताउनु हुन्छ!

टिमले सक्रमितको पिसिआर रिपोर्ट साथै अन्य कागजातको समन्वयकारी भुमिका निर्वाह गर्दै मोरङको बिराटनगरमा बिरामी हरुका लागी प्लाज्मा रगत पुर्याइको छ ! विभिन्न संघसस्था सुरुवाती कोठा नेपाल, एस एन जेडि, क्विक रेस्पोन्स सेण्टर, जिल्ला युवा परिषद झापा, रोटरी क्लब अफ बिर्तामोड मिड्टाउन,चेम्बर अफ कमर्स झापा, आदर्श स्कुल अफ मेनेजमेण्ट लगायतका सस्थाहरुले अभियान लाई प्रत्यक्ष रुपमा सहकार्य भुमिका निभाउदै आइरहेको अभियानलाई प्राविधिक सहयोगमा रेड्क्रस बिर्तामोड शाखाले प्राबिधिक सहयोग पुर्याउदै आएको छ!

अभियानले निकट दिनमा श्री सत्य साइ सेवा संगठन प्रदेश :१( क) र एक का लागी एक अभियान संग सहकार्य गरि अक्सिजन सिलिन्डर ब्यबस्थापन र पिसिआर ल्याबमा समेत ब्यवस्थापनमा सहयोग पुर्याउने अभियानका सचिव बिष्णु आचार्यले बताउनु भयो।  अभियानमा यज्ञराज कडरिया,रुपक रिजाल,भरत यादबले आ-आफ्नो जिम्मेवारि निभाउदै आइरहनु भएको  छ !

खबर एक्सप्रेस