आज:  | Sun, 26, Sep, 2021

सरकारको नयाँ बजेट घोषणालाई नेप्सेको सकारात्मक स्वागत

२०७८, १६ जेष्ठ आईतवार १७:०६ मा प्रकाशित ( ३ महिना अघि) १५२० पाठक संख्या

सरकारले नयाँ बजेट घोषणा गरेको दोस्रो दिन नेप्सेले सकारात्मक स्वागत गरेको छ । नेप्सेमा सर्वाधिक कारोबारसँगै नयाँ उचाइमा पुगेको छ र १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार भएसँगै नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ। अर्थात यस दिन नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ।
आइतबार नेप्से परिसूचक १२.५४ अंक बढ्दै २८२७.९३ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि गत साताको सोमबार नेप्से २८२३.४० विन्दुमा बन्द भएको थियो। नेप्से नयाँ उचाइमा पुगेसँगै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन २१९ कम्पनीको १ लाख ७३ हजार ५३७ पटकको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस अघि गत साताको अन्तिम कारोबार दिन १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भइ कारोबार रकममा रेकर्ड बनाएको थियो।

खबर एक्सप्रेस