आज:  | Fri, 29, Mar, 2024

सरकारका लोकप्रिय बजेट

२०७८, १५ जेष्ठ शनिबार १८:४१ मा प्रकाशित ( २ साल अघि) १७७३३ पाठक संख्या

५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै सरकारका लोकप्रिय बजेट प्रस्तुत गरेका छन् ।
१. ज्येष्ठ नागरिक भत्ता बृद्धि मासिक ४ हजार रुपैयाँ दिने
२. सरकारी कर्मचारीको तलब दुई हजार बृद्धि र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने
३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत
४. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन
५. कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान
६्. विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटम किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको ऋण
७. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
८. ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने
९. निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट
१०. गरिबी निवारण कोष खारेज
११. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा
१२. २० हजार लिटर खानेपानीको महशुल छुट
१३. सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट
१४. खानेपानी तथा सिंचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट
१५. होटलाई पनि उद्योग सरह मान्यता दिएर छुट तथा सुविधा
१६. अर्बको च्यालेञ्ज फण्ड

खबर एक्सप्रेस