आज:  | Mon, 14, Jun, 2021

साहसिक सेनाका ४ महिला सिपाही

२०७८, ६ जेष्ठ बिहीबार १७:४२ मा प्रकाशित ( ३ हफ्ता अघि) १७९९ पाठक संख्या

नेपालगन्जका युवा ब्यबसायी  समाजसेवी बिमल चन्दले आफ्नो सामाजिक संजालमा एकपोस्ट गर्दै लेखेका छन् ।बाकेमा कोरोनाबाट मृत्‍यु भएका शव व्यवस्थापनमा लाग्दै गरेका नेपाली सेनाका ४ महिला सिपाही ईश्वरी खाती, अनिसा पुन, पिमनी वि क र भुमिसरा साउद जो नेपाली सेनाका सह-सेनानी विक्रम चौधरीको कमाण्डमा शव व्यवस्थापनमा खट्छन । यी महान चार जना महिला सिपाही नारी भएर पनी पुरूष सिपाही जसरी नै दैनिक शव ब्यवस्थापनमा खटिने गरेका छन् ।

भेरी अस्पतालमा खजुरा निवासी आशिष कुमार चौधरीको बुवाको कोभिडको कारणले मृत्यु भयो ।मलाई अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक पवन अग्रवालले भन्नुभयो । शव व्यवस्थापन गर्न सहयोग गर्नुपर्यो । मैले तत्काल नेपाली सेनाका सह सेनानी विक्रम चौधरीलाई फोन गरेर भने उहांले हजुरहरू तयारी गर्नु हामी तयारी नै छौ भन्नुभयो ।मैले हिन्दु समसानघाटमा शव दाह्संस्कार गर्ने एक जना छोटु दादालाई तयारी गरिदिनु भने करिव १ घण्टामा सबै तयारी गरेको सुचना आएपछी अनि खटे शव व्यवस्थापनमा नेपाली सेनाका सह सेनानी विक्रम चौधरी सहित ४ जना महिला सिपाही । उहांहरू महान नारी जसले पुरूषको शव बोक्छन यस्ता नारी प्रति हार्दिक नमन । उनले प्रशसा गर्दै आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

खबर एक्सप्रेस