आज:  | Mon, 14, Jun, 2021

महामारी पनि समाजिक रूपांतरणको लागि अध्ययन गर्ने प्रयोगशाला हुन सक्छ

२०७८, ६ जेष्ठ बिहीबार ०८:३९ मा प्रकाशित ( ३ हफ्ता अघि) ५२०९ पाठक संख्या

जीवनको सामान्य कालमा पनि व्यक्तिगत सरसफाई राख्न , मास्क लगाउन,सेनिटाइज गर्न, व्यक्तिगत दूरी बनाएर भिडभाड नगर्न सबैले जानेकै कुरो हो , तर ब्यवहारमा ल्याईये न भने मात्र जानकारी को कुनै अर्थ पनि हुदैन। अहिले हामी संग लॉकडाउनमा फुर्सत नरहेको पनि बहाना गर्ने कुनै विकल्प छैन। हामी संग पर्याप्त समय छ । यो समय लाई केही बिशेष प्रयोजन र आत्म – समिक्षा गरेर अवसरको रुपमा उपयोगी  बनाउन सकने बेला हो । सधैं लॉकडाउन रहदैन , हामी फेरी नॉर्मल लाइफमा फर्किन्छौ र कोविडको भोगाई बिर्सिदै पनि जाने नि हो। आफ्नै जीबनकालमा बिभिन्न महामारीको भोगाई को स -बिस्तार अनुभव हामी संग छ । महामारी पटक पटक नआउने कुनै बिषेशज्ञ वा वैज्ञानिकले दावा गर्न सकेका छैनन् बास्तवमा यो महामारी हुनु को मुल कारणको कुरा गरौ भने पर्यावरणमा अत्यधिक प्रदूषणले उत्पन्न प्रतिकूलता र जैविक बिबिधताको बिनास गरिएको कारण प्रमुख्य हो , यो कुरा बिज्ञ हरुले भन्छन् । अब कुरो आयो हामी दृधकालिन महामारी बाट कसरी बचाव गर्ने भन्दा खेरी यसै लॉकडाउनमा हामी आत्म समिक्षा गरौ। सर्वप्रथम covid को प्रभाव कम भए पनि महामारी बाट मुक्ति पाउन सामुहिक रूपले चिन्तन र प्रयास कम गर्नु हुदैन त्यस्तो मलाई लाग्छ । 

मानव जीवन संचालनको लागि बृक्ष- बिरुवा,शुद्ध हवा -पानी,स्वच्छ वातावरणको महत्व र अनिवार्यता वारे जनमानसमा जनचेतना अभिबृद्धिको लागि अभिमुखिकरण अभियान चलाउने , आ-आफ्ना स्तरले पर्यावरण न बुझ्नेलाई बुझाउने , पर्यावरण नरहे हामी बाच्न सक्दैनौ । नभए समय समयमा मानव जाति  यस्ता महामारीको शिकार भई रहन्छ।

यसको प्रकोप धटाउन पर्यावरण संरक्षण प्रवर्धन अभियानमा जुटौ , प्रकृति लाई स्वच्छ राख्नको लागि सरसफाई र  वृक्षारोपण गरौ । सिंगल यूज़ प्लास्टिक न्यूनीकरण गरौ,कपड़ाको झोला प्रयोग गरौ जस्तो समाजिक चिन्तन र चेतना स्तर उठाउनु बाहेक महामारी मुक्त हुन कुनै बिकल्प छैन । साथै शारीरिक इम्युनिटी बढाउन बिहान- बेलुका शारीरिक परिश्रम अनिवार्य गरौ । शुद्ध पानी पर्याप्त मात्रामा सेवन गरौ। हरियो साग सब्जी,फलफूल स्वास्थ्य अनुकूल साथै  प्रोटीन युक्त आहार लिनुस भने आफु पनि व्यवहारिक जीवनमा प्रयास गरौँ ।

अहिले covid को कहरले बाध्यता- वश हामी आ-आफ्ना घरमा कैद छौ। 2020 मा पनि हामी लामो समय सम्म  लॉकडाउन को शिकार भयौ ।  घर भित्र बस्न बाध्य नि भएको थिए । covid  को प्रभाव घट्यो र वैक्सीन आयो भन्दै मास्कको प्रयोग,सरसफाईको कुरा बिरसेर ,भिडभाडमा रमाउन शुरू गरें। हाल 2021 मा पनि covid ले बिगत 2020 भन्दा अझ बढि  बिनाशकारी रुप लिएको सर्वबिदितै छ। यस्तोमा ब्यक्ति,संघ-संस्था सरोकार वाला निकाय प्रत्येकको लागि जनजीवनको सुरक्षा जुटाउन अत्यंत दुर्लभ भइसकेको छ। यस बिकराल महामारी बाट जोगिन हाम्रो दृष्टिकोण परिमार्जन हुन जरुरी छ। कोरोना यस्तो महामारी हो जसमा आफ्ना प्रियजन,मित्र,आफन्त पिडित लाई चाहेर पनि अपेक्षित सहयोग गर्न असमर्थ हुन्छन्। घर घरमा covid को संक्रमण बढ्दै गएको  छ । सबै आ-आफ्नै समस्याले चिन्तित , तनावग्रस्त र हतास छन् । यस्ता बिषम बेलामा आफ्ना स्वास्थ्य प्रति आफै सचेत र आत्मनिर्भर रहनु पर्ने बाध्यता भएको हो । कुनै प्रकारका स्वास्थ्य समस्या महसूस भए अबिलम्ब दक्ष चिकित्सकको परामर्श परम आवश्यक भएको हो ।  सर्वप्रथम covid लाई हल्कोंमा लिनुको परिणाम सायद भन्ने आवश्यकता छैन । कोविड न्यूनीकरण को लागि अग्र पंक्तिमा काम गर्ने स्वास्थ्य कर्मी , सेना – प्रहरी प्रशासन , शहर बाजार लाई सफा र सुंदर राख्नको लागि प्रयासरत स्थानीय निकायको सरसफाई कर्मचारी प्रति उच्च सम्मानको भावना राख्न प्रयास गरौ । एक दुइ जना होस्पिटल प्रबंधक , डॉक्टर , औषधि व्यवसायी , प्रहरी प्रशासन को न राम्रो व्यवहार लाई लिएर यस्तो बिषम परिस्थिति मा पनि आफ्नो जान लाई जोखिम मा लिएर फ्रंट लाइन मा काम गर्ने महान व्यक्तित्व हरु प्रति नकारात्मक सोच र दुर्व्यवहार गर्न प्रयास न गरौ । सबै डॉक्टर र स्वास्थ्यकर्मी हरुमा  समाजिक भाव को आवश्यता को कमी हामी पनि महसूस गर्दैछौ तर गर्ने के ? हामी जति शिक्षित त्यति नि स्वार्थी र अवसर बादी भएको छौ । सिरहा , महोत्तरी जस्तो अस्पतालमा ICU , वेंटिलेटर सुबिधा भए पनि दक्ष डॉक्टर र स्वास्थ्य- कर्मी न भएर हामी  उपचारको अभावमा मरन बाध्य भएको छौ । न त हॉस्पिटल प्रशासन ,न त तीन तहको सरकार नि व्यवस्थान गर्न सकी राखेको हो , न त समाजिक दायित्व बोध भएर बिना तलब भत्ताको 2 /4 महीना हॉस्पिटल लाई निःशुल्क सेवा दिने डॉक्टर नर्स लाई नि नेपाल आमाले जन्माउन सकेको हो । देशमा ठुला ठुला प्राइवेट हॉस्पिटल र मेडिकल कॉलेज त्यो पनि यस्तो की हेलीपैड नि होस्पिट परिसर मा भएको रे , हॉस्पिटलमा के के आधुनिक सुबिधा भएको विज्ञापन भएको कुरा नि ,  छोड़ देम त्यस्ता कुरा तर हॉस्पिटल परिसर मा 70 /80 लाख लाग्ने ऑक्सीजन गैस प्लांट न भएको बिडम्बना पनि हामी आज भोगदै छौ । ऑक्सिजन गैस र सीयलेन्डरको नाममा सरकार , राजनीति र समाजिक अभियन्ता को कुरा ले हामी कंफ्यूज जस्तो भएको छू । भगवान सबै लाई सद्बुद्धि दिनु । 

 समाजिक रूपांतरणको लागि आगामी दिनमा हामी समाजले गरेको बिगतको शैक्षिक स्तर उन्नति को लागि बिद्यालय निर्माण र राम्रो शिक्षक लाई आफ्नो बिद्यालयमा सम्मान ल्याउन र आफ्नो गाउमा स्थानीय बनाएर रखने जस्तो  गरेको योगदान (जग्गा दान , भवन निर्माण , आफु निःशुल्क सेवा )  जस्तो अब स्वास्थ्यको लागि पनि सुबिधा सम्पन्न हॉस्पिटल निर्माण र हॉस्पिटलमा कार्य गर्ने  डॉक्टर र स्वास्थ्यकर्मी को पोस्टिंग देखि डॉक्टर र नर्स उत्पादनको लागि समाजिक र सामूहिक प्रयास को आवश्यकता म महसूस गरेको छू । 

जय सरसफाई – धीरेन्द्र साह

लेखक देशका बिभिन्न भागमा अभियान चलाऊने सफाइ अभियन्ता हुन 

खबर एक्सप्रेस