आज:  | Fri, 29, Mar, 2024

देश बिदेशका चलचित्रकर्मी,दाता, संघ/सस्थामा कलाकार संघको अपिल

२०७८, ४ जेष्ठ मंगलवार १८:४८ मा प्रकाशित ( २ साल अघि) १७६०९ पाठक संख्या

कोरोनाका संक्रमण का कारण अत्यन्तै कठिन घडी र भयावह अवस्थामा हामी  नागरिक,चलचित्रकर्मी संघर्ष गर्दैछौ ।चाडो भन्दा चाडो कोरोनाबाट मुक्ति पाइयोस भनी सकारात्मक सोच राखौ । कोरोना संक्रमित निको हुनेको संख्या पनि बढ्दो छ ।अब का केही दिनमा सारा नेपालीले खुसियाली साटासाट गर्न सकून भनी कामना गर्दछौं । तर पनि यसको कारणबाट चलचित्रक्षेत्र र चलचित्रकर्मीको दैनिकी जीवनयापनमा पर्ने असर औषधि उपचारमा हुने कठिनाईलाई विचार गर्नुपर्ने स्थिती आयो । चलचित्र बिकाश बोर्डले आपत्त बिपत्तलाई मध्यनजर गर्दै केही समय अगाडि “चलचित्रकर्मी बिपत्त ब्यवस्थापन कोष” को स्थापना गरेको सवैमा जानकारी गराउदै छु ।बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल र कार्यविधी निर्माण समितिका सवैलाइ हार्दिक धन्यवाद छ । यो विषम परिस्थितिमा बेलैमा सचेत रहि सो कोषलाई कृयाशिल बनाउन सवैको  साथ / सहयोग सहित सम्पूर्ण संघ/ सस्था एकजूट हौ ।

तसर्थ चलचित्र बिकाश बोर्ड अन्तरगत (सिटिजन्स बैंक ,काठमाडौ कपन शाखाको खाता, नम्बर (०२४०१०००००४३७२१,) “चलचित्रकर्मी  बिपत्त ब्यवस्थापन  कोष ” मा या चलचित्र कलाकार संघ FAAN मार्फत कोषमा जम्मा गर्न सवैमा हार्दिक अनुरोध गर्दछौ । सोही सिलसिलामा FAAN का उपाध्यक्ष,प्रवक्ता श्री मोहन निरौलाबाट रु,१०,,५००,र  सन्चारकर्मी/ चलचित्रकर्मी श्री स्वतन्त्र सन्सार महर्जन जि बाट रु,,५,५,५५/ सो खातामा जम्मा गर्नु भएको छ । उक्त कार्यमा सवैमा साथ/ सहयोगका लागि जुटौ भनी कलाकार संघ अनुरोध गर्दछौ । हाम्रो एकता अमर बनोस । चलचित्रकर्मी/ नागरिक सवैको कल्याण होस ।

अध्यक्ष रवीन्द्र खड्का , FAAN केन्द्रिय कार्यसमिति परिवार

खबर एक्सप्रेस