आज:  | Thu, 18, Apr, 2024

सबै मन्त्री पदमुक्त

२०७८, ३० बैशाख बिहीबार २३:४५ मा प्रकाशित ( २ साल अघि) ७९९९ पाठक संख्या

काठमाडौं। संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् ।उनी तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्न नसक्दा पदमुक्त भएका थिए । त्यसयता उनकै नेतृत्वमा काम चलाउ सरकार रहे पनि बिहीबार राष्ट्रपतिले पुनः नियुक्त गरेपछि उनले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । स्रोतका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले सपथ लिँदै मन्त्रिपरिषद विस्तार गर्नेछन् ।

खबर एक्सप्रेस