आज:  | Thu, 25, Apr, 2024

बलिउड चलचित्र ‘राधे’ नेपालमा सेन्सर नै नगरी रिलिज

२०७८, ३० बैशाख बिहीबार २३:३७ मा प्रकाशित ( २ साल अघि) २०२४४ पाठक संख्या

आजबाट रिलिज भएको बलिउड नायक सलमान खानको चलचित्र ‘राधे’ नेपालमा सेन्सर नै नगरी रिलिज भएको छ । सूचना, संचार तथा प्रविधि मन्त्रालयले सेन्सर गरेर मात्र रिलिज गर्न चेतावनी दिएता पनि सेन्सर नै नगरी चलचित्र रिलिज भएको हो । यो चलचित्रलाई नेपालमा गोपिकृष्ण मुभिज अन्र्तगतको कम्पनीले नेपालमा भित्राएको हो । यो चलचित्र विभिन्न ओटीटी प्लेटफर्म र डिस होम, नेट टीभी लगायतमा रिलिज भएको छ । चलचित्रलाई दर्शकले २९९ रुपैयाँदेखि ३२५ रुपैयाँसम्म तिरेर हेरीरहेका छन् ।

खबर एक्सप्रेस