आज:  | Thu, 28, Mar, 2024

केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

२०७८, ३० बैशाख बिहीबार २२:४१ मा प्रकाशित ( २ साल अघि) १३७६५ पाठक संख्या

काठमाडौं, बैशाख ३० गते । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन । प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ भोली शुक्रबार हुनेछ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत दावी गरी सरकार गठनको आव्हान गरेको समयसीमाभित्र कसैको दावी पेश नभएपछि संसदमा ठूलो दलको हैसियतमा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन । दफा ७६ (३) अनुसार उनले नियुक्ती पाएको एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्राबधान छ ।

खबर एक्सप्रेस