आज:  | Sat, 20, Apr, 2024

शताब्दी पुरुष सत्यमोहन जोशी १०२ वर्ष पुगे

२०७८, ३० बैशाख बिहीबार ०९:२९ मा प्रकाशित ( २ साल अघि) २३३४४ पाठक संख्या

काठमाण्डौ – संस्कृतबिद वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी १०२औँ वर्षमा प्रवेश गरेका छन्। उनी विसं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका हुन। संस्कृतिविद जोशी १०२ वर्षको उमेरमा पनि विभिन्न कार्यमा उत्तिकै सक्रिय छन्। साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उहाँले कलम चलाउँदै आएका छन् । उनी तीन पटकसम्म मदन पुरस्कार विजेता ब्यक्ती हुन । २०१३ सालमा ‘नेपाली लोक संस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाएका थिए। उनले झण्डै ५० पुस्तक लेखेका छन्। नेपाल राष्ट्र बैंकले गएको भदौमा संस्कृतिविद् जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का समेत सार्वजनिक गरेको छ ।

खबर एक्सप्रेस