आज:  | Tue, 16, Apr, 2024

तीन दलले नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्न राष्ट्रपतिलाई आह्वान

२०७८, २७ बैशाख सोमबार १८:३२ मा प्रकाशित ( २ साल अघि) १८४१५ पाठक संख्या

गणेश तिवारी काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएपछि लगत्तै तीन दलले नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न ती दलहरुले राष्ट्रपतिलाई आह्वान गरेका छन् । तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष आग्रह गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त हस्ताक्षर गर्दै विज्ञप्तिमा जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका छन् ।

खबर एक्सप्रेस