आज:  | Mon, 14, Jun, 2021

प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आयो

२०७८, २५ बैशाख शनिबार १८:१६ मा प्रकाशित ( १ महिना अघि) १५५१ पाठक संख्या

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएकोमा जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रशासनले मन्दिरमा पूजापाठ भएको र सोको प्रसाद राष्ट्रपतिलाई बुधबार पठाइने समेत जनाएको छ । अनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक पटकको समयमा मन्दिरको पसिना आएको उल्लेख गरिएको छ। शिलाबाट पसिना आउँदा अनिष्ठ हुने जनविश्वास छ ।

खबर एक्सप्रेस