आज:  | Mon, 14, Jun, 2021

नेपालमा कोरोना निको हुने दर ७७.४ प्रतिशत

२०७८, २५ बैशाख शनिबार १८:०६ मा प्रकाशित ( १ महिना अघि) १३९६ पाठक संख्या

काठमाडौं, वैशाख २५ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाका ८ हजार ४१८ नयाँ सङ्क्रमित थपिएका छन् । १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म १६ लाख १५ हजार ७२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । भने सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् । सोही अबधिमा तीन हजार ३७० जना सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केका छन् । हालसम्म दुई लाख ९८ हजार ७६५ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् । अहिले हाल निको हुने दर ७७.४ प्रतिशतमा झरेको छ । पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भए छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा तीन हजार ६३२ जनाले ज्यान गुमाएका छन् । ८३ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । ३९८ जना हाल क्वारेन्टिनमा छन् ।

खबर एक्सप्रेस