आज:  | Thu, 18, Apr, 2024

प्लाज्मा दान अभियान

२०७८, २५ बैशाख शनिबार १४:२६ मा प्रकाशित ( २ साल अघि) १६९८९ पाठक संख्या

बिष्णु आचार्य बिर्तामोड । सुरूवाती कोठा नेपालको सहजिकरणमा कोरोना भाइरसबाट प्रभावित बिरामीको लागि प्लाज्मा दान अभियान सुरू गरिएको छ । कोरोनाबाट गम्भीर अवस्थाका बिरामीको उपचारमा कोरोना भाइरसबाट प्रभावित भइ निको भएका व्यक्तिको प्लाज्मा बिशेष हुने भएकोले यो अभियान सुरू गरिएको संस्थाका संयोजक दिपक दासले बताए।
कोरोना भाइरसबाट प्रभावित बिरामीका लागि प्लाज्मा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हुनाले प्रदेश १ का बढी प्रभावित जिल्लालाई लक्षित गरिएको बताए । संस्थाले रगत तथा प्लाज्मा दान गर्ने दाताहरुका लागि स्वास्थ सुरक्षाको मापदण्ड सहित निशुल्क यातायात सुविधा उपलब्ध गर्ने बताइएको छ।अभियानमा इमजेन्सी रेस्पोन्स सेन्टर , न्याय तथा बिकासका लागि सामाजिक संजाल ,चेम्बर अफ कमर्श झापाले सहयोगि भुमिका खेल्नेछ भने रेडक्रस झापाको प्राविधिक सहयोग रहने ब्लड साथै प्लाज्मा ब्यबस्थापनका फोकल पर्सन बिष्णु आचार्यले जानकारी दिए ।
एक बर्ष अघिको कोरोना भाइरसको विकराकाल अवस्थामा रगत खोजी कार्य , मानवीय उद्घार ,राहत वितरण कार्यको क्षेत्रमा सहजिकरण गर्दै आएको थियो ।

खबर एक्सप्रेस