आज:  | Mon, 14, Jun, 2021

दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएर घर फर्के

२०७८, २४ बैशाख शुक्रबार १८:५९ मा प्रकाशित ( १ महिना अघि) १२७२ पाठक संख्या

काठमाडौं, वैशाख २४ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाका नौ हजार २३ नयाँ सङ्क्रमित थपिएका छन् । १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका तीन लाख ७७ हजार ६०३ जना सङ्क्रमित पुगेका छन् । ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा १७३ जनामा पोजेटिभ पाइएको छ । भने दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केका छन् । हालसम्म कोरोनामुक्त हुने दुई लाख ९५ हजार ३९५ जना घर फर्केका छन् । हाल कोरोनाबाट निको हुने ७८.२ प्रतिशतमा झरेको छ । हाल ७८ हजार ६२९ जनामा भाइरसको सक्रिय सङ्क्रमण रहेको छ । भने ३८० जना क्वारेन्टिनमा छन् । चौबीस घण्टामा ५० जना सङ्क्रमितको मृत्युको भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ५७९ जनाको मृत्यु भइसकेको छ ।

खबर एक्सप्रेस