आज:  | Thu, 28, Mar, 2024

बाग्मती सरसफाईमा पनि सक्रिय गैरआवासिय नेपाली संगठनका उम्मेदवार शाह

२०७८, २४ बैशाख शुक्रबार २०:१९ मा प्रकाशित ( २ साल अघि) ८९२९ पाठक संख्या


न्युयोर्क राज्यका सचिव पदका उमेदवार रेसम जङ्ग शाह अमेरिका मात्र हैन नेपाल रहदा पनि समाज सेवामा आफ्नो समय खर्च गर्नु हुन्थ्यो

गैरआवासिय नेपाली संघ अमेरिका न्युयोर्क राज्यका सचिव पदका उमेदवार शाह बाग्मती सरसफाई अभियानमा पनि पटक पटक सहभागी भै आफै फोहोरको डङ्गुरमा पसेर काम गरेको उनले बताए।
बाग्मती सरसफाइ अभियन्ता नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेल,चर्चित बलिउड नायिका मनिषा कोइराला, प्रेम गीत निर्माता तथा निर्देशक सन्तोष सेन,स्टार नायक प्रदीप खड्का तथा नायिका बेनिशा हमाल संग फोहोरमा होमिएर शाहले कैयौ पटक बागमती सफाई गरिसकेका छन्।


आसुसेन फिल्म्स र ठकुरी सहयोग संजाल नामक संस्था समेत आबद्द साहले भुकम्प पीडित बाढी पीडित हरुलाई समेत उक्त संस्था मार्फत सहयोग गर्दै समाजसेवा मा अग्रसर हुदै आएका थिए ।
नेपाल मा रहदा गरेको समाजसेवा को प्रेरणाले नेपाली हरुको हक हित आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्न न्युयोर्क राज्यको सचिव पदमा उम्मेदवारी दिएको उनले बताए ।

खबर एक्सप्रेस