आज:  | Fri, 26, Apr, 2024

रु रु जलविद्युतको शेयर मुल्य ४९९

२०७८, २३ बैशाख बिहीबार १९:०९ मा प्रकाशित ( २ साल अघि) ११७८१ पाठक संख्या

गणेश तिवारी

आजबाट नेप्सेमा कारोबार शुरु भएको रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर नेप्सेमा सूचीकरण भएको छ। आज ४९९ मा कारोबार सूचीकरण भएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार कम्पनीको सूचीकरण गरी शेयर सिम्बोल RURU राखिएको छ। जलविद्युतको शेयर आजबाट कारोबारमा आएको हो । नेप्सेले हिजो कम्पनीको सुरुवाती कारोबार मुल्य रु.११८.८४ देखी रु.३५६.५२ रहने गरी तोकेको थियो । रुरु जलविद्युतले ४,०७,७०६ ९४ लाख ७ हजार ७०६० कित्ता शेयर सर्वसाधारणका लागि रु.१२० अंकित मुल्यमा जारी गरेको थियो, जसमा रु।२० प्रिमियम रहेको छ। कुल जारी गरिएको शेयरमा २५ अर्थात ८,१५४ कित्ता कर्मचारीको लागि र ५५ अर्थात २०,३८५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ३,७९,१६७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको थियो।
रुरु जलविद्युतको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड हो।

खबर एक्सप्रेस