आज:  | Sun, 21, Apr, 2024

अभिनेता पल शाह आफै अक्सिजन सिलिन्डर बोकेर भक्तपुर अस्पताल पुगे

२०७८, २२ बैशाख बुधबार १२:४४ मा प्रकाशित ( २ साल अघि) १४९७४ पाठक संख्या

गणेश तिवारी, काठमाडौँ
काठमाडौ : नेपालमा कोरोनाको दोश्रो लहर शुरु भएर विकराल रुप लिदै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव परिरहेको छ । यही स्थितीलाई मध्यनजर गर्दै अक्सिजनको अभावबाट जोखिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले पनि अभियान सुरु गरेका छन् । उनले अक्सिजन नपाएर अस्पतालमा भर्ना भएका संक्रमितको ज्यान बचाउन अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गरेको बताएका छन् ।


पहिलो चरणमा भक्तपुर अस्पतालमा संक्रमित बिरामीलाई अक्सिजन अभाबमा उपचारमा समस्या भएपछि यो टीमले २३ ओटा ठुलो अक्सिजन सिलिन्डर निशुल्क प्रदान गरेको हो । अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई सहयोग पुग्नेगरी काम थालेको बताएका छन् । अभिनेता शाह यस्ता विभिन्न विपतीमा परेकालाई सहयोग गर्दै आएका छन् । अघिल्लो पटकको महामारीमा पनि समस्यामा परेका चलचित्रकर्मीलाई घरघरमै पुगेर सहयोग गरेका थिए ।आर्थिक रुपले विपन्न र लकडाउनका कारण खानै नपाएकाहरुलाई उनले ठुलो राहत दिएका थिए । यो पटकको अभियानले भने संक्रमितको जीवन बचाउने महाअभियानमा लागेका उनले आफै अक्सिजन सिलिन्डर बोकेर भक्तपुर अस्पताल पुगेका छन् । अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोगका लागि हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछन् । फिल्मी क्षेत्र मात्र नभई आम नागरिकले यस्तो महान कार्यका लागी अभिनेता पललाई धन्यबाद समेत दिएका छन् ।

 

खबर एक्सप्रेस