आज:  | Sun, 09, May, 2021

दोस्रो दिन शेयर बजारमा सामान्य करेक्सन

२०७८, २० बैशाख सोमबार १९:१२ मा प्रकाशित ( ५ दिन अघि) ६८३ पाठक संख्या

साताको कारोबारको दोस्रो दिन शेयर बजारमापक नेप्सेमा सामान्य करेक्सन देखिएको छ। नेप्से सूचकमा सोमबार १२ अंकको करेक्सन देखिएको हो। यस दिन नेप्से सूचक १२.३६ अंकले घटेर २६५२.७५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि २.६९ अंकले घटेर ४७५.१२ विन्दुमा झरेको छ। यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ। आइतबार ७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएको छ। यस दिन २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ रुपैयाँ कित्ता शेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा खरिद बिक्री भएको छ।सोमबार सात कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। विशाल बजार कम्पनी, नेशनल माइक्रोफाइनान्स, महिला लघुवित्त, ङादी ग्रुप पावर र सिंगटि हाइड्रोपावरको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको छ।

खबर एक्सप्रेस