आज:  | Sun, 09, May, 2021

चौबीस घण्टामा ३७ जना सङ्क्रमितको मृत्यु हालसम्म कै उच्च

२०७८, २० बैशाख सोमबार १८:५० मा प्रकाशित ( ५ दिन अघि) ९३१ पाठक संख्या

काठमाडौं, वैशाख २० गते । पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल तीन लाख ४३ हजार ४१८ जना संक्रमित पुगेका छन् । सोही समयमा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ। त्यस्तै ५१८ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार २१ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केका छन् । हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । हाल ५४ हजार ४१ जनामा कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् । चौबीस घण्टामा ३७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३६२ जनाको मृत्यु भैसकेको छ ।

खबर एक्सप्रेस