आज:  | Sun, 09, May, 2021

पूर्वराजारानीको अवस्था सुधार, पूर्वरानी आईसीयूमै स्वास्थ्य अवस्थामा सुधार आयो

२०७८, २० बैशाख सोमबार १७:०६ मा प्रकाशित ( ५ दिन अघि) ९६२ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र बिर बिक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य अवस्थामा सुधार आएको नर्भिक अस्पतालले जनाएको छ । हिजोभन्दा आज दुवैजनाको अवस्थामा निकै सुधार आएको बताईएको छ । पूर्वरानी आईसीयूमै रहेको तर स्वास्थ्यमा भने निकै सुधार आएको बताईएको छ । पूर्वराजा पनि अक्सिजनकै सपोर्टमा रहेता पनि अवस्था भने सामान्य हुँदै गएको छ । पूर्वरानी कोमललाई आईसीयूमा बढी अक्सिजन दिएर राखिएको भए पनि अहिले कम गर्दै लगिएको अस्पतालले श्रोतले जनाएको छ ।

खबर एक्सप्रेस