आज:  | Sun, 09, May, 2021

आन्तरिक उडान र अन्तराष्ट्रिय उडानमा रोक

२०७८, १९ बैशाख आईतवार २२:१६ मा प्रकाशित ( ६ दिन अघि) ८०७ पाठक संख्या

काठमाडौं, वैशाख १९ गते । आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले विश्वव्यापी फैलिएको कोरोना संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्यरातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । हाल भारतबाट हुने सम्पूर्ण उडान र ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान बन्द गर्ने निर्णय भएको छ । भने अरु अन्तर्राष्ट्रिय उडान मापदण्ड पूरा गरेर कायम राख्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।

खबर एक्सप्रेस