आज:  | Sun, 09, May, 2021

एकैदिन थपिय ७ हजार २११ जना नयाँ संक्रमित

२०७८, १९ बैशाख आईतवार १६:५८ मा प्रकाशित ( ६ दिन अघि) ८६९ पाठक संख्या

काठमाडौं, वैशाख १९ गते । नेपालमा २४ घण्टामा कोरोनाका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । जसमा सात हजार १३७ जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा दुई हजार ७४४ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ६१२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । भने २७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

खबर एक्सप्रेस