आज:  | Sun, 24, Oct, 2021

शिव र गोरीको चलचित्र ‘डाँडाको वर पिपल’को गीत सार्वजनिक

२०७८, १८ बैशाख शनिबार १२:३१ मा प्रकाशित ( ५ महिना अघि) ११८४३ पाठक संख्या

चलचित्र ‘डाँडाको वर पिपल’को ‘रुन्छ नि मेरो मन’ गीत सार्वजनिक भएको छ । गीतमा राजेश पायल राई र सत्यकला राईले स्वर दिएका छन् भने शिव मुखियाको संगीत रहेको छ । गीतमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई शोभित बस्नेतले निर्देशक गरेका हुन् । यो चलचित्र पारिवारिक कथामा बन्न लागेको निर्माण पक्षले जनाएको छ । निर्माता नवराज गिरी हुन भने सुशान्त प्रजापतिको छायाँंकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्यान्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य रहनेछ ।

खबर एक्सप्रेस