आज:  | Sun, 09, May, 2021

सदाचारी एवं इमान्दार प्रा. विदुर पौडेलको निधन

२०७८, १८ बैशाख शनिबार १२:२१ मा प्रकाशित ( १ हफ्ता अघि) ७७६ पाठक संख्या

राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उनले कोभिडको पहिलो खोप लगाएपछि मष्तिष्काघात भएर उपचारका लागि काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । हिजो शुक्रबार बेलुका चिकित्सकले ठीक नहुने भनेपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य समेत रहेका पौडेल नेपाल सरकारको अधिकार सम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य समेत थिए । सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए। प्राध्यापनपछि उनी राष्ट्रियसभाका सदस्य बनेका हुन् । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले खुलेर विरोध गरेका थिए ।

खबर एक्सप्रेस